राजनीतिक दल: Class 10 Social Unit 5 Lesson 4

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide. राजनीतिक दल.

पाठ ४ राजनीतिक दल

 
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.

 Check: SEE Class 10 Model Question 2080/2081


Rajnitik dala Course

Class 10 Social Unit 5 Lesson 4 Course Content is given as:


Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 4 Rajnitik dala Exercise Question Answer 2080 Guide.


१. राजनीतिक दल भनेको के हो ?

 
उत्तर : 

निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सङ्गठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको सङ्गठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ ।
 
 


२. लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका प्रस्ट्याउनुहोस् ।

 
उत्तर :

देशको शासन प्रक्रिया सञ्चालनमा राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । राजनीतिक दलहरूले प्रतिस्पर्धात्मक वातावरणमा जनताको मन जिती जनप्रतिनिधिका माध्यमबाट दलहरूले आफ्ना विचार, कार्यक्रम र व्यवहार सत्ताका माध्यमबाट लागु गर्छन् । प्रतिपक्षमा रहँदा पनि सरकारलाई रचनात्मक सहयोग गर्छन् । जनअपेक्षा सम्बोधन नगरे अर्को निर्वाचनमा जनताले अर्को राजनीतिक दललाई त्यो अवसर दिन्छन् । प्रत्येक आवधिक निर्वाचनमा सक्रिय सहभागिता जनाई लोकतन्त्रलाई संस्थागत गर्ने कार्यमा राजनीतिक दलको भूमिका निकै महत्त्वपूर्ण रहेको हुन्छ । मानव अधिकारको संरक्षण र सम्बर्धन, सामाजिक समस्या र विकृतिको न्यूनीकरण, विकास निर्माणका कार्यमा सहजीकरण, सुशासन कायम गर्ने, भ्रष्टाचार निर्मूल पार्ने कार्यमा सक्रिय सहभागिता जनाई लोकतन्त्र संस्थागत र सुदृढीकरण गर्न लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
 
 


३. नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले खेलेको भूमिकाको विश्लेषण गर्नुहोस्।

 
उत्तर :

नेपालमा विभिन्न समयमा विभिन्न किसिमका राजनीतिक परिवर्तन भए । ती परिवर्तनमा राजनीतिक दलले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरे । वि.सं. २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न प्रजा परिषद्, नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी जस्ता दलहरूको भूमिका निकै महत्त्वपूर्ण रह्यो । वि.सं. २०१५ मा प्रजातन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरूले निर्वाचनमा भाग लिए । वि. सं. २०१७ मा राजनीतिक दलहरू माथि प्रतिबन्ध लाग्यो । राजनीतिक दलहरूले यस कदमलाई अप्रजातान्त्रिक मानी विरोध र आन्दोलन गरे । वि.सं. २०४६ मा संयुक्त जनआन्दोलन भयो । यसै आन्दोलनको परिणामस्वरूप बहुदलीय शासन पद्धतिको पुनःस्थापना भयो । यसमा नेपाली काङ्ग्रेस, संयुक्त वाममोर्चा र संयुक्त जनआन्दोलन समन्वय समितिको महत्त्वपूर्ण भूमिका रह्यो ।
 
विभिन्न समयमा भएका निर्वाचनहरूमा राजनीतिक दलहरूले सक्रिय सहभागिता जनाई प्रजातन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत भूमिका निर्वाह गरे ।
 
राजा ज्ञानेन्द्रको शासनकालमा पुनः राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । तत्कालीन सात राजनीतिक दल र हिंसात्मक विद्रोह गरिरहेको माओवादीको संयुक्त प्रयासबाट वि.सं. २०६२, ६३ मा दोस्रो जनआन्दोलन सफल भयो । यसले देशमा लोकतन्त्रको स्थापना भई संविधान सभाको निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसरी नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
 
 


४. राजनीतिक दल खोल्न आवश्यक प्रावधान उल्लेख गर्नुहोस् ।

 
उत्तर : 

राजनीतिक दल खोल्न आवश्यक प्रावधान निम्नलिखित छन् :-
 

  • (क) दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने
  • (ख) कम्तीमा पाँच वर्षमा एक पटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने
  • (ग) दलका विभिन्न तहका समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने
  • (घ) राजनीतिक दलको विधान, घोषणापत्रको साथमा निवेदन दर्ता गराउनुपर्ने, साथै निम्नलिखित विवरण पनि खुलाउनुपर्ने : :-

 

    • राजनीतिक दलको नाम र त्यसको केन्द्रीय कार्यालयको ठेगाना, राजनीतिक दलको कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, राजनीतिक दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण, निर्वाचन आयोगले राखेका अन्य प्रावधानहरू पूरा गर्ने ।


५. राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय सुझाउनुहोस् ।

 
उत्तर :  

राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय :-
 

  • (क) आफ्नो दलको राजनीतिक सिद्धान्तअनुसार काम गर्ने
  • (ख) दलगत र व्यक्तिगत स्वार्थ त्यागी राष्ट्रिय स्वार्थका लागि काम गर्ने
  • (ग) कानुनी शासन स्थापना गरी सुशासन कायम गर्ने कुरालाई विशेष प्राथमिकता दिने
  • (घ) लोकतन्त्र एवम् मानवअधिकारको संरक्षण र सम्बर्धन गर्ने
  • (ङ) सामाजिक विकृति र समस्या निराकरणका लागि चेतना जागरण
  • गर्ने
  • (च) भ्रष्टाचार नियन्त्रण र विकास निर्माण कार्यमा सहजीकरण गर्ने
  • (छ) जनअपेक्षा र घोषणा पत्रअनुसार कार्य गर्ने ।

 


६. नेपालमा मान्यता प्राप्त राजनीतिक दलको सूची बनाउनुहोस् ।


उत्तर : 

नेपालमा मान्यता प्राप्त राजनीतिक दल :-
 
नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी।

Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.