विश्वबन्धुत्व र मानवता (BishwaBandhutwa ra Manavta) - Class 10 Social Unit 3 Lesson 7

Class 10 Social Studies Unit 3 Samajik Mulya Manatya Lesson 8 Hamro BishwaBandhutwa ra Manavta Exercise Question Answer 2080 Social Studies Guide.

पाठ ७ : विश्वबन्धुत्व र मानवता

 

Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 7 BishwaBandhutwa ra Manavta Exercise Question Answer 2080 Guide.

 Check: SEE Class 10 Model Question 2080/2081


BishwaBandhutwa ra Manavta Course

Bishwa Bandhu ta ra Manavta Course - Class 10 Social Studies (Unit 3 - Lesson 7)


विश्वबन्धुत्व र मानवता (BishwaBandhutwa ra Manavta) - Class 10 Social Unit 3 Lesson 7
विश्वबन्धुत्व र मानवता (BishwaBandhutwa ra Manavta) - Class 10 Social Unit 3 Lesson 7
विश्वबन्धुत्व र मानवता (BishwaBandhutwa ra Manavta) - Class 10 Social Unit 3 Lesson 7

१. विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।

 
उत्तर :  

संसार सबैको आश्रय स्थल र साझा घर हो । जुन देशमा बसे पनि हामी पृथ्वीका बासिन्दा हौँ । यो संसार नै एउटा घर हो, हामी पृथ्वीरूपी घरका सदस्य हौं । यसरी सबै घुलमिल हुने र सबैलाई आफ्नो ठान्ने भावनालाई विश्वबधुत्व भनिन्छ । विश्वबन्धुत्व कायम गर्न हामीले निम्न कार्य गर्नुपर्छ :-
 
(क) सबैलाई समान ठान्ने, हरेक कुराको समाधान संवादबाट गर्ने
(ख) विविधतालाई स्वीकार गर्ने
(ग) आध्यात्मिकताको जागृति र आत्माको स्वच्छता कायम गर्ने
(घ) एक देश तथा अर्को देश, एक व्यक्ति तथा अर्को व्यक्तिप्रति प्रेम, सद्भाव र सहयोगको वातावरण निर्माण गर्ने
(ङ) समानुभूति र सहयोगको भावना लिने
(च) मानवताको भावनाले प्रेरित भएर काम गर्ने
(छ) सङ्कीर्णताको त्याग
(ज) जिम्मेवारी बोध, सहिष्णुता र इमानदारिता जस्ता मानवीय मूल्य प्रदर्शन गर्ने ।
 
 


२. विश्वग्रामको परिचय दिँदै यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख गर्नुहोस् ।

 
उत्तर :

सूचना प्रविधिको विकास र विस्तारले गर्दा अहिलेको प्रविधिको युगमा विश्व एउटा सानो गाउँ जस्तो भएको छ । जुनसुकै ठाउँमा भएका घटना तथा अन्य कुराहरू तुरुन्त विश्वभरि थाहा पाउन सकिन्छ । भौगोलिक हिसाबले टाढा भए पनि मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगका कारणले गर्दा विश्व सीमा विहीन समाजमा बदलिएको छ, विश्व एउटा परिवार र हामी उक्त परिवारका सदस्यका रूपमा रूपान्तरित भएका छौं । यसलाई नै विश्व ग्राम भनिन्छ । यसले मानव जीवनमा पारेको प्रभाव :-
 
(क) विश्व एउटा समाजका रूपमा रूपान्तरित भएको छ ।
(ख) सद्भाव, सहकार्य र सहयोगको वातावरणमा अभिवृद्धि भएको छ ।
(ग) सङ्कीर्णताको अन्त्य भएको छ ।
(घ) एक अर्कालाई आपत्विपत् पर्दा एकजुट हुने अवस्था सिर्जना भएको छ ।
(ङ) मानवीय मूल्य र मान्यताको स्थापनामा सहयोग पुगेको छ ।
(च) एउटाले आविष्कार गर्दा सबैले प्रयोग गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।
 
 


३. वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व उल्लेख गर्नुहोस् ।

 
उत्तर :

वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-
 
(क) धार्मिक तथा जातीय कट्टरताको अन्त्य गर्न
(ख) परस्पर सहयोग, सद्भाव र मानवीय एकता बढाउन
(ग) विविधताको स्वीकार गर्न
(घ) द्वन्द्वको अन्त्य गरी शान्ति कायम गर्न
(ङ) हिंसाको अन्त्य गर्न
(च) मानवीय मूल्यको स्थापना गर्न ।
 
 


४. 'वसुधैव कुटुम्बकम्' भनेको के हो ?

 
उत्तर :

हाम्रो परम्परा वैदिक परम्परा हो । यस परम्परामा एउटा सूक्ति छ 'वसुधैव कुटुम्बकम्' । यो हाम्रो परम्पराको आध्यात्मिक मूल्य पनि हो । यस भनाइ अर्थात् सूक्तिले सारा मानिसहरू एक अर्काका नातेदार हुन् र एकअर्कामा सम्बन्धित छन् भन्ने तथ्यलाई उजागर गरेको छ । त्यसैले सबै मिलेर बस्नुपर्छ, दुःखसुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ भन्ने कुरामा यसले विशेष जोड दिन्छ ।


Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.