हाम्रा पहिचान (Hamra Pahichan) - Class 10 Social Unit 1 Lesson 2

एकाइ: १ पाठ २: हाम्रो पहिचान अभ्यास - Class 10 Social Studies Unit 1 Hami ra Hamro Samaj Lesson 2 Hamra Pahichan Exercise Question Answer 2080 Guide.

पाठ २ : हाम्रा पहिचान (Hamra Pahichan)

 

Class 10 Social Studies Unit 1 Hami ra Hamro Samaj Lesson 2 Hamra Pahichan Exercise Question Answer 2080 Social Studies Guide.

Check: SEE Class 10 Model Question 2080/2081


१. हाम्रो पहिचान के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।


उत्तर :

राष्ट्रिय पहिचान, जातीय पहिचान, भाषिक पहिचान, धार्मिक पहिचान, लैङ्गिक पहिचान र अपाङ्गता आदि हाम्रा पहिचान हुन् । पहिचानको महत्त्वलाई निम्न बुँदाका आधारमा प्रष्ट पार्न सकिन्छ :-

(क) पहिचानले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मदत पुऱ्याउँछ ।

(ख) यो स्वयम्लाई चिनाउने र जीवन जिउने आधार हो ।

(ग) कर्तव्य बोध गराउँछ ।

(घ) अनुशासनमा रहन उत्प्रेरित गर्छ ।

(ङ) यसले राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्छ साथै राष्ट्रप्रति श्रद्धाभाव जागरण गर्दछ ।

(च) आफ्नो मौलिक कला, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्धन गर्दै यसको निरन्तरता र संरक्षण गर्न मार्ग प्रशस्त गर्दछ ।




२. "पहिचान आफूलाई चिनाउने आधार हो ।" उदाहरणसहित प्रष्ट पार्नुहोस् ।


उत्तर :

'म नेपाली हुँ' भनेर विश्वमा हामी सगर्व चिनाउने गछौँ । यो हाम्रो राष्ट्रिय पहिचान हो । नेपालमा सयौँ जाति र भाषा रहेका छन् । सबै मिलेर बसेका छन् । 'म यो जातिको हुँ मेरो भाषा यो हो' भन्नु व्यक्तिको जातीय तथा भाषिक पहिचान हो । त्यस्तै धर्मसँगसम्बन्धित पहिचान धार्मिक पहिचान हो । महिला, पुरुष अनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गरी तीन किसिम चाहिँ लैङ्गिक पहिचान हो । कसैको शारीरिक तथा मानसिक अवस्था र प्रकृतिको फरकपनामा आधारित पहिचान पनि हुनसक्छ, यो अपाङ्गतासम्बन्धी पहिचान हो । कुनै पनि व्यक्तिले आफूलाई चिनाउन यी र यस्तै विभिन्न आधारको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ हामी के भन्न सक्छौं भने पहिचान आफूलाई चिनाउने आधार हो ।




३. यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।


उत्तर :

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि हामी सबै सचेत हुनु आवश्यक छ । महिला, पुरुष भने जस्तै उनीहरूलाई पनि सामान्य व्यवहारको जरुरत भएकाले यससम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ । त्यस्तै उनीहरूलाई हेप्ने, गिज्याउने काम बन्द गरी सो कार्य गर्नेलाई सजायको व्यवस्था हुनु जरुरी छ । उनीहरूका लागि पनि आरक्षणको व्यवस्था गरी कार्यान्वयन गर्नु उनीहरूलाई पहिचान र सम्मान दिने अर्को पक्ष हुनसक्छ ।




४. अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाइँ रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? खोजी गरी प्रस्तुत गर्नुहोस् ।


उत्तर
:

अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न म रहेको स्थानको स्थानीय सरकारले गरेका केही कार्यक्रम यसप्रकार छन् :-

 

(क) अपाङ्गता भएका व्यक्तिलाई हवील चेयर वितरण कार्यक्रम

(ख) सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था

(ग) क्षमता र शारीरिक अवस्थाका आधारमा सिपमूलक तालिमको व्यवस्था ।

 


Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.