हाम्रा राष्ट्रिय दिवसहरू (Hamra Rastriya DivasHaru) - Class 10 Social Unit 3 Lesson 5

Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 5 hamra rastriya divasharu Exercise Question Answer 2080 Guide. हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ५ : हाम्रा राष्ट्रिय दिवसहरू

 
Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 5 Hamra Rastriya DivasHaru Exercise Question Answer 2080 Guide.

 Check: SEE Class 10 Model Question 2080/2081


Hamra Rastriya DivasHaru Course

 
Class 10 Social Studies - Unit 3 Lesson 5 Course is given as:
 
हाम्रा राष्ट्रिय दिवसहरू (Hamra Rastriya DivasHaru) - Class 10 Social Unit 3 Lesson 5
हाम्रा राष्ट्रिय दिवसहरू (Hamra Rastriya DivasHaru) - Class 10 Social Unit 3 Lesson 5
हाम्रा राष्ट्रिय दिवसहरू (Hamra Rastriya DivasHaru) - Class 10 Social Unit 3 Lesson 5

१. राष्ट्रिय दिवस भनेको के हो ? राष्ट्रिय दिवसको महत्त्व उल्लेख गर्नुहोस् ।

 
उत्तर :

राष्ट्रिय दिवस राष्ट्रका महत्त्वपूर्ण घटनाका दिनहरू हुन् । तसर्थ राष्ट्रमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा महत्त्वपूर्ण घटना वा परिवर्तन भई यसबाट समाज र जनताले उपलब्धि हासिल गरेका गौरवपूर्ण दिनलाई राष्ट्रिय दिवस भनिन्छ । यस्ता दिवस हाम्रा राष्ट्रिय चाड हुन् । सहिद दिवस, बाल दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस आदि यसका उदाहरण हुन् ।
 
राष्ट्रिय दिवसको महत्त्व निम्नअनुसार उल्लेख गर्न सकिन्छ :-
 
(क) राष्ट्रिय दिवस हाम्रा गौरव गर्ने आधार र चिनारी हुन् ।
(ख) पहिचानको संरक्षण र सम्वर्धन गर्न सहयोग गर्छ ।
(ग) देशमा घटेका महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तन स्मरण गराइरहन्छ ।
(घ) परिवर्तनको रक्षा गर्न उत्प्रेरित गर्छ ।
(ङ) आम नागरिकमा सचेतना र जागरण प्रदान गर्छ।
(च) नागरिक र राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्गनिर्देश गर्छ ।
(छ) भावी पुस्तालाई पुर्खाको योगदानको बोध गराई राष्ट्रप्रति जिम्मवार र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्छ।
(ज) ऐतिहासिक तथ्य, घटनाको महत्त्पूर्ण स्रोतका रूपमा उपयोग गर्न सकिन्छ ।
 
 


२. हामी सहिद दिवस किन मनाउँछौँ ? कारण दिनुहोस् ।

 
उत्तर :

सहिद दिवस प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिको स्मरण गर्दै मनाइएको हो । राणाशासनको निरङ्कुशता अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता आन्दोलन र सङ्घषमा आफ्नो ज्यानको बलीदानी दिने व्यक्ति नै सहिद हुन् । आज हामीले उपयोग गरिरहेको स्वतन्त्रता उनीहरूकै योगदानको फल हो । आज हामीले उपयोग गरिहेको समता, समावेशिता, महिला अधिकार आदि सबै सहिदकै योगदानका कारण सम्भव भएका हुन् । सहिद दिवसमा तिनै महान् सहिदहरूको स्मरण गरिएको हो । स्मरण मात्रै होइन सहिदले देखाएको बाटोमा हिड्ने प्रेरण र प्रण लिइएको हो, सहिदको सपना पूरा गछौं भनी अठोट गरिएको हो । तसर्थ हामी सहिद दिवस मनाउँछौँ ।
 
 


३. " हाम्रा राष्ट्रिय दिवस हाम्रा चिनारी र गौरव हुन्" भन्ने शीर्षकमा सम्पादकीय तयार पार्नुहोस्।

 
उत्तर :

हामी प्रत्येक साल विभिन्न कार्यक्रम सञ्चालन गरी विभिन्न दिवसहरू मनाउँछौँ । ती दिवसहरू हाम्रा महत्त्वपूर्ण चिनारी र गौरव गर्ने आधार हुन् । दिवसहरूलाई हामी राष्ट्रिय चाडका रूपमा धुमधामसँग मनाउँछौँ । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, बाल दिवस, संविधान दिवस, मजदुर दिवस, शिक्षा दिवस, नारी दिवस, सहिद दिवस जस्ता विभिन्न दिवसहरू नेपालमा मनाउने गरिन्छ ।

Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.