नेपालमा सङ्घीयता (Nepalma Sanghiyata) - Class 10 Social Unit 2 Lesson 3

Class 10 Social Studies Unit 2 Bikash ra Bikashako Purbadhar Lesson 3 Nepalma Sanghiyata Exercise Question Answer 2080 Guide. नेपालमा सङ्घीयता

पाठ ३ : नेपालमा सङ्घीयता

 

Lesson 3 - Nepalma Sanghiyata

Class 10 Social Studies Unit 2 Bikash ra Bikashako Purbadhar Lesson 3 Nepalma Sanghiyata Exercise Question Answer 2080 Guide.

 Check: SEE Class 10 Model Question 2080/2081


१. सङ्घीयता भनेको के हो ?

 
उत्तर :

सङ्घीयता शासन सञ्चालनको विभिन्न ढाँचामध्येको एउटा शासकीय अवस्था बुझाउने अवधारणा हो । यो लोकतान्त्रिक विकेन्द्रीकरणको एक महत्त्वपूर्ण अवधारणा र उच्चतम रूप हो । यसमा सङ्घीय र प्रादेशिक विकासको अवधारणालाई आत्मसात् गर्दै स्रोतको उचित बाँडफाँड र परिचालन तथा आर्थिक, सामाजिक र धार्मिक विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरिएको हुन्छ ।
 
 


२. नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औँल्याउनुहोस् ।

 उत्तर :

नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन निम्न छन् :-
 
(क) सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठनमा जनताको सक्रिय सहभागिता भई सामूहिक शासन पद्धतिको विकास प्रारम्भ भएको छ ।
 
(ख) प्रदेश तथा स्थानीय तहका बिचमा प्रतिस्पर्धा बढ्न थालेको छ, जसले विकासलाई तिव्रता दिएको छ ।
 
(ग) सबै कुरामा केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
 
(घ) समावेशिता र सामाजिक न्यायले प्रश्रय पाएको छ साथै जनसहभागितामा वृद्धि भएको छ ।
 
(ङ) सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र आदिमा अपनत्वको भावना विकास भएको छ र विविधतामा एकताको अवस्था झनै बलियो बनेको छ ।
 


३. स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् ।

 
उत्तर :

स्थानीय सरकारको मुख्य कार्यक्षेत्र निम्न छन् :-
 
(क) स्थानीय सेवाको व्यवस्थापन, तथ्याङ्क र अभिलेख सङ्कलन
(ख) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना
(ग) आधारभूत र माध्यमिक शिक्षा
(घ) आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण तथा जैविक विविधता
(ङ) स्थानीय पूर्वाधार निर्माण
(च) स्थानीय कर सङ्कलन, खानेपानी तथा साना जल विद्युत् आयोजना
 


४. सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् ।

 
उत्तर :

विभिन्न आन्दोलनको पृष्ठभूमिमा नेपाललाई २०६५ साल जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको हो । आवधिक निर्वाचनका माध्यमबाट हाल सङ्घीय संरचनाअनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार क्रियाशील रहेका छन् । देशलाई सम्पन्न बनाउनका लागि सङ्घीयता उपयोगी रहने भएकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका सकारात्मक र सक्रिय रहनु आवश्यक छ ।
 
नेपालको सन्दर्भमा सङ्घीयता नयाँ प्रयोग भएकाले यसको कार्यान्वयनका क्रममा केही जटिलता र द्विविधा देखिनु सामान्य हो । यस्ता जटिलता र द्विविधालाई न्यूनीकरण गर्दै अघि बढ्न सके सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । सङ्घीयताको मूल मर्मलाई सबैले आत्मसात् गरी सोहीअनुसार सबै तहका ऐनकानुनको निर्माण र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि केन्द्र सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु जरुरी छ । त्यस्तै जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रूपमा लिई इमानदारिताका साथ काम गर्नु आवश्यक छ । त्यस्तै सुशासन र अवसरको न्यायोचित वितरणमा समेत क्रियाशील हुनु जरुरी छ ।
 
यसप्रकार विकास र सम्वृद्धि, आत्मनिर्भर र स्वावलम्बी, रोजगार र स्वरोगारको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, कानुनीराजको स्थापना जस्ता कुरामा ध्यान दिनसके सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिन्छ ।

 

Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.