Class 10 Social Unit 5 Chapter 5: निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Nirvachan Prakriya ra Nagarik ko Bhumika Course

Class 10 Social Unit 5 Chapter 5 Course Content is given as:


Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.

१. नेपालमा मतदाता नामावली सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?


उत्तर :

निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्य निर्वाचन आयोगले गर्दछ । हरेक जिल्लामा निर्वाचन कार्यालयको व्यवस्था गरिएको हुन्छ । निर्वाचन कार्यालयले १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मतदान गर्न मतदाता नामावलीमा प्रक्रियाबमोजिम नाम समावेश गर्ने काम गर्छ । मतदाता नामावलीमा नाम भएको मतदातालाई फोटोसहितको परिचय पत्र प्रदान गरिन्छ । त्यस्तै निर्वाचन आयोगले मतदाता नामावलीमा विवाह गरेर गएका, बसाइँ सरेर गएकाको नाम मतदाता नामावलीबाट हटाउने र विवाह गरेर आएका, बसाइँ सरेर आएकाको नाम मतदाता नामावलीमा थप्ने व्यवस्था पनि रहेको छ ।
 
 


२. फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व उल्लेख गर्नुहोस् ।

 
उत्तर : 

फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व :-

  • (क) मतदान निष्पक्ष गर्न गराउन मदत पुग्छ ।
  • (ख) अर्काको नाममा मतदान गर्ने प्रवृत्तिमा कमी आउँछ ।
  • (ग) मतदान स्थलमा हुने विवादमा कमी आउँछ ।
  • (घ) वास्तविक व्यक्तिले नै मतदान गर्न पाउँछन् ।
  • (ङ) मतदान स्थलमा व्यक्ति प्रमाणीकरण प्रक्रिया छिटो हुन्छ ।

३. निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।

 
उत्तर : 

निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका निम्न छन् :-

  • (क) मतदाता नामावलीमा नाम समावेश गर्ने, सच्याउने र हटाउने,
  • (ख) आर्थिक प्रलोभन, डर, धम्कीमा नपरी जिम्मेवार मतदाता बन्ने,
  • (ग) मतको सदुपयोग गर्ने र पालो पर्खेर मतदान गर्ने,
  • (घ) सबै दलको घोषणापत्र अध्ययन गरी सबल दुर्बल पक्षमा बहस गर्ने,
  • (ङ) मतदान प्रक्रियाबारे घर र छिमेकमा सचेतना फैल्याउने,
  • (च) मतदान स्थलमा भैझगडा र हुलदङ्गा हुन नदिने,
  • (छ) वृद्ध, अपाङ्ग, सुत्केरी, गर्भवतीलाई पहिलो प्राथमिकता दिने,
  • (ज) फर्जी मतदान कार्यलाई निरुत्साहित गर्ने ।

४. निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख कामको सूची तयार गर्नुहोस् ।

 
उत्तर :
 

निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख काम निम्न छन् :-
 

  • (क) मतदानको दिन मतदान केन्द्रको व्यवस्था गर्ने
  • (ख) सुरक्षा व्यवस्था मिलाउने
  • (ग) नियमानुसार मतदानको सुरु र अन्त्य गर्ने
  • (घ) मतदान रोक्नुपर्ने अवस्था भएमा स्थगित गर्ने
  • (ङ) मतदान प्रक्रियासँग सम्बन्धित उजुरी र गुनासाहरू सुनी सोको कारबाही गर्ने
  • (च) मतपेटिका सम्बन्धित ठाउँमा बुझाउने
  • (छ) आवश्यक परे स्थानीय तहको निर्वाचनको मत गणना कार्यसमेत सम्पन्न गर्ने ।

५. नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण पत्ता लगाई समाधानका उपायसमेत सुझाउनुहोस्।


उत्तर : 

नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण :-

  • (क) सबै मतदातालाई निर्वाचन प्रक्रियामा बारेमा जानकारी नहुनु
  • (ख) स्वस्तिक छाप लगाउने तरिका नजान्नु
  • (ग) राजनीतिक दलहरू मतदाता शिक्षाप्रति सचेत नबन्नु
  • (घ) निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा प्रभावकारी नहुनु
  • (ङ) अझै पनि सबै जना साक्षर नहुनु ।

समाधानका उपायहरू :-

  • (क) सबै मतदातालाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने
  • (ख) मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने
  • (ग) राजनीतिक दलहरू पनि जिम्मेवार बनेर यससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
  • (घ) सबैलाई साक्षर बनाउने
  • (ङ) टेलिभिजन, रेडियो, एफएम जस्ता सञ्चार माध्यमबाट निर्वाचन प्रक्रियाका बारेमा व्यापक प्रचारप्रसार गर्ने ।


Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.