SEE Routine 2080: SEE Routine 2080/2024


NEB Class 12 Routine 2080-2081: Class 12 Routine

Satru Katha Exercise Summary - Unit 7 Class 10 Nepali

Class 10 Nepali Chapter 7 Satru Katha (शत्रु) Exercise, Question Answer Solution Note, Grammar, Summary (Audio Summary), Byakaran Aabyas.

Unit 7: Satru


Satru Katha Exercise Summary - Unit 7 Class 10 Nepali

Complete Exercise (Question Answer Solution), Grammar and Summary of Class 10 Nepali Chapter 7 Satru. CDC update course content for the year 2080 for class 10 Nepali.

Satru is a Story(katha), Written by B.P Koirala.

Check: SEE Class 10 Model Question 2080/2081

About B.P Koirala

Bishweshwar Prasad Koirala (1914–1982) was a prominent Nepali politician, writer, and statesman. He played a significant role in Nepal's political landscape and is considered one of the key figures in shaping the country's modern history.


About Satru Kath


"Satru" katha illustrates how trust can falter and perceptions change with even a small incident, reminding us to be understanding, communicative, and slow to judge in our interactions.



Unit 7: Satru Katha Exercise

Satru Katha - Class 10 Nepali Chapter 7 Complete Guide Exercise.


'शत्रु'

पाठ – ७



शब्दभण्डार


१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :


यश ➡ राम्रो काम गर्नेले पाउने इज्जत

रैती ➡ अरूको जग्गा कमाउने व्यक्ति

अकलुषित ➡ सफा हृदयको

भरोसा ➡ आश्रय

जमदार ➡ जमादार

गर्व ➡ मै जान्ने सुन्ने हुँ भन्ने घमण्ड

भटनी ➡ धान काट्ने काम

अप्रिय ➡ मन नपरेको

दुगुर्ण ➡ कुनै पदार्थमा विकार उत्पन्न गराउने देष

आर्जन ➡ आम्दानी

व्यापक ➡ व्यापक



२. दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईओटा अर्थ लेख्नुहोस् :


उत्तरः

पुजा , हार , कर, सुर , तर , दर , वर , रस , टीका , पुरा



३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :


उत्तरः

गजक्क , प्याट्ट , धुरुधरु , टुलटुल , गुरुरु , स्याँस्याँ



४. 'शत्रु' कथाको 'कृष्ण राय जुरमुरिँदै शत्रु हुन सक्छ' अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।


उत्तरः

कृष्ण राय जुरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो । “मलाई कसले अचानक यसरी आक्रमण गयो होला ?" तिनी विचार गर्न थाले । “यस जीवनमा मैले कसैलाई आफ्नो कट्टर शत्रु बनाइने, झगड़ा फसादमा रहिन।" कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर ठनक्क भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले विछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले “को मेरो शत्रु हुन सक्छ ? "



५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्


सान्त्वना ➡ मैले परीक्षामा राम्रो नम्बर ल्याउन नसकेर रोइरहेको थिए बाबाले आएर सान्त्वना दिँदै भन्नुभायो यसपटक कम नम्बर आएर के भो त अर्को पटक आइहाल्छ नि ।

सिद्धान्त ➡ नेपालका राजनैतिक पार्टी कुनैले पनि आफ्नो सिद्धान्त अनुसरण काम गरेको पाईदैन ।

पुँजी ➡ नेपालको वर्तमान पुँजीबजार एकदमै ओझलो लागेको छ ।

मध्यस्थ ➡ मध्यस्थ हुनु पनि राम्रो काम चाहि होइन। फोगटिया दुस्मनमात्र छन् ।

फैसला – यस पालिको तिहारमा टीका नलगाउने बाबाको फैसलाले हामी सबैलाई दुःखी बनायो ।

अङ्कमाल ➡ आजका युवालाई के भएको छ कोनि जाहाँपायो त्यही अङ्कमाल गरेर हिँड्छन्।

स्वाभिमान ➡ बरु म भोकै बस्छु तर आफ्नो स्वाभिमान गिर्ने काम गर्दिन ।

समर्थक ➡ यी नेतालाई के आनन्द लागेको होला अनावश्यक समर्थकको भीड जम्मा गर्न ।

धैर्य ➡ हामीले कुनै पनि कार्य धैर्य पूर्वक गर्यो भने अवश्य पनि सफलता हासिल गछौं ।



बोध र अभिव्यक्ति



४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :


(क) 'शत्रु' कथामा कृष्ण रायले रेलको डिब्बामा भएको झगडा सम्झेको घटना कतिओं अनुच्छेदमा छ ?

उत्तरः आठौं


(ख) कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?

उत्तरः उनीमाथि भएको लाठ्ठी प्रहारलाई कथामा कृष्ण रायको सोचलाई परिवर्तन गराउने मुख्य सन्दर्भ मानिन्छ ।


(ग) कथाको पाँचौं अनुच्छेदको शीर्ष वाक्य कुन हो ?

उत्तरः नाहक कृष्ण राय यस दुर्गुणलाई गुण ठानेर अनुमान गरिरहेका थिए।


(घ) कथाको समापन कुन घटनाबाट भएको छ ?

उत्तरः प्रहरीले शङ्का लागेको व्यक्ति भन्नु भन्दा लगभग आफ्‌नो सम्पर्कमा आएजति सबैको नाम भनेबाट कथाको समापन भएको छ ।



६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।


(क) कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?

उत्तरः कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए यही नै उनको गर्व गर्ने कुरा थियो ।


ख) कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?

उत्तरः कृष्ण रायले जमदार र पण्डितबिचको झगडामा जमदारको पक्षमा फैसल सुनाएको हुनाले गोविन्द पण्डितमाथि शङ्का गरे ।


(ग) कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?

उत्तरः कृष्ण राय निष्पक्ष भएर मध्यस्थता गर्ने नै कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण हो ।


(घ) मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । भन्नुको तात्पर्य के हो ?

उत्तरः झगडा गर्ने दुवै पक्ष आफू निर्दोष भएको ठान्छन् र मध्यस्थतामा कुनै एक पक्षलाई जिताउनु पर्ने हुँदा हार्ने पक्ष समर्थक हुन सक्दैन ।



७. "कृष्ण राय धेरै....... आर्जन गरे' कथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस् ।


प्रश्नः


(क) कृष्ण रायले कस्तो ज्ञान आर्जन गरे ?


उत्तरः विशेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनवैज्ञानिक कथा हो । यसमा मान्छेले अर्काको झगडाको विचमा पस्नु भनेको शत्रुलाई डाक्नु हो। मेरा शत्रु छैनन भनेर अस्तु भनेको स्वैर कल्पना गर्नु हो। मान्छे सामाजिक प्राणी भएको हुनाले समाजमा रहँदा वस्दा अवस्य शत्रु बनाएको हुन्छ भन्ने शत्रु कथाको मूल भाव देखिन्छ।

कृष्ण राय एक भलाद्मी व्यक्ति थिए। उनले कसैको पनि नराम्रो चिताएका थिएनन् । उनीमाथिको विश्वासले गर्दा गाउँका हरेक विवादमा सबैले उनैलाई मध्यस्य बनाउथे । उनले गरेको फैसलामा भेदभाव हुँदैन भन्ने सबै ढुक्क हुन्थे। तर मान्छेले सोचेजस्तो हुँदैन थियो । झगडामा दुई पक्ष हुने र एक पक्षको जितमा अर्काको हार निश्चित हुन्छ । यहाँ पनि जमदारको जितमा गोविन्द पण्डितको हार भएको थियो र कैयांको जितमा मास्टरको हार । जसको परिणाम मास्टर र गोबिन्द पण्डित कृष्णरायका शत्रु बन्ने सम्भावना थियो । कसैलाई दिइएको उपदेशको पनि उसले गलत अर्थ लगाउन सक्छ । कृष्णराय त जसलाई पनि उपदेश दिन थालिहाल्थे ।

अन्त्यमा एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थ हुनु तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । मध्यस्थले एउटा न एउटाको शत्रु हुनैपर्छ । मैले मेरा शत्रु छैनन् भन्नु मेरो मुर्खतामात्र हो । मेरो कामले नै मेरा धेरै शत्रु बनेका छन् । कृष्ण रायले विउझे झै भयो ज्ञान आर्जन गरे ।



८. 'शत्रु' कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् ।


उत्तरः


➡ कृष्ण राय उठ्दा आक्रमणकारी भागिसकेको हुनु ।

➡ आफूले जीवनमा कसैलाई पनि शत्रु नबनाको र झगडा र फसादमा नफसेकाले यो एक भ्रम मत्रै भएको ठान्नु ।

➡ लठ्ठीको टुक्रा भेटेपछि आक्रण भएको निश्चित मान्नु ।

➡ आफ्ना को को शत्रु हुनसक्लान भनेर सोच्न थाल्नु ।



९. दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस् :


उत्तरः शत्रु कथाका प्रमुख पात्र कृष्ण राय समाजमा भद, शान्त र सहयोगी पात्र रूपमा चिनिएका व्यक्ति थिए । उनको मुख्य कार्य गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने गर्दथे । सबै कुराले सम्पन्न भएको पात्र भएकाले उनी आफ्नो कोही शत्रु नभएको ठान्दथे । एक रात उनी माथि भएको एक लठ्ठी प्रहार पछि सबैमाथि शङ्का गर्न थाले परिणम तहः उनले आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुन थाले । अन्त्यमा उनले शत्रु सबैका हुने रहेछन् भन्ने तत्त्ववोध गरे ।

समग्रमा भन्दा कृष्ण राय एक अस्थिर चरित्रका पात्र हुन् । अनुच्छेदको सुरुमा आफुलाई सर्बगुण सम्पन्न कोहि शत्रु नभएको ठान्ने कृष्ण राय अनुच्छेदको अन्तयसम्म आईपुग्दा आफना धेरै शत्रु हुनसक्ने निष्कर्षमा पुग्नबाट उनको अस्थिर चरित्र पुष्टि हुन्छ । कृष्ण रायलाई छिटै ज्ञान आर्जन गर्ने व्यक्तिका रुपमा पनि लिन सकिन्छ । आफ्ना कोहि शत्रु नभएको ठान्ने उनले आफू माथि भएको लठ्ठी प्रहारले शत्रु सबैका हुने रहेछन् भन्ने बुझे । कृष्ण राय छिटै बिचलित हुने पात्र पनि हुन यति लामो जिवनखण्ड बिताइसकेका उनले भित्तामा भएको लठ्ठी प्रहारबाट धेरै बिचलित भएर आफ् धारणा नै परिवर्तन गरे ।



१०. दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस् :


१.(च) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा न्याय दिनु

२. (घ) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु

३. (ङ) तिनका मनमा धेरै प्रकारका विचार आउनु

४. (छ) ४५ वर्षसम्म शत्रु नहुनु

५. (ग) एक दिन लट्ठी प्रहार हुनु

६. (ज) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु

७. (क) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु

८. (झ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु

९. (ख) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु



११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :


(क) 'शत्रु' कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?


उत्तरः

स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानिक कथा हो । यसमा कथाको मुख्य पात्र कृष्ण रायको मनोविज्ञानको चर्चा गरिएको छ । मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्त हुन्छ भन्ने कुरा कृष्णरायको जीवनमा घटेको एउटा सानो घटना लट्ठी प्रहार बाट थाहा हुन्छ ।

कथाका मुख्य पात्र कृष्ण राय समाजमा भद्र, शान्त र सहयोगी पात्र रूपमा चिनिएका व्यक्ति हुन् । काम नपरी घर बाहिर नजाने र परेको वेलामा आर्थिक रूपमा सहयोग नगरे पनि सान्त्वनाका शब्दहरूले नै मान्छेलाई मक्ख पार्न सक्ने क्षमता भएका व्यक्ति हुन । कृष्णराय आफुलाई शत्रु विहीन ठान्ने उनले भित्तामा लठ्ठी प्रहार भएको एउटा घटना पछि आफ्नो सम्पर्कमा आएजति सबैलाई शत्रु ठान्न पुग्छन् । आफूसँग सम्पर्कमा आएका जति व्यक्तिसंग तर्कवितर्क गरेको सम्झन्छन् । झगडाको मध्यस्थता भएर काम गर्ने उनका कामले सधैं एक पक्ष शत्रु हुने कुरा कथाका अन्त्यसम्म आइपुग्दा थाहा पाए । उनले यो पनि थाहा पाए कि सबैका शत्रु हुन्छन् ।

अन्तयमा कृष्णा रायको व्यक्तित्व एक गाउँ घरको अलिक सम्पन्न परिवारको नैतृत्तवकर्ताको जस्तो छ। जसरी गाउँघरमा एक सम्पन्न व्यक्तिलाई कसैलाई सहयोग गरेपनि नगरे पनि सबैले भन्छन त्यसैगरी कथामा पनि कृष्ण रायलाई सबैले मान्ने गरेको देखिन्छ । गाउँघरमा हरेक कुराको छिनोफानो गर्न सम्पन्न परिवारको मुखियालाई जिम्मा लगाए जस्तै कथामा कृष्ण रायलाई जिम्मा लगाइएको छ । त्यस्तै गाउँमा सम्पन्न परिवारले कसैलाई विश्वास नगरे जस्तै कृष्ण रायले पनि कसैलाई विश्वास नगरेको देखिन्छ ।


(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे, वर्णन गर्नुहोस् ।


उत्तरः

'शत्रु' कथा स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको एक मनोवैज्ञानिक कथा हो । यस कथामा कथाको मुख्य पात्र कृष्णरायको क्रियाकलापको मनोविज्ञानको चर्चा गरिएको छ । सधैं आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले आफूमाथि भएको लट्ठी प्रहारबाट सबैलाई शत्रुको घेरामा राखेको कुरा देखाइएको छ ।

कथाका मुख्यपात्र कृष्ण राय समाजमा भद्र, शान्त र सहयोगी पात्र रूपमा चिनिएका व्यक्ति थिए । काम नपरी घर बाहिर ननिस्कने र परेको बेलामा आर्थिक रूपमा सहयोग नगरेपनि सान्त्वनाका शब्दहरूले नै मान्छेलाई मक्ख पार्न सक्ने क्षमता भएका व्यक्ति पनि थिए उनी । समाजमा सबैले उनलाई आदर सम्मान गर्ने । उनले भनेको सबैले मान्थे। त्यसैले गाउँमा केही विवाद भयो भने उनैलाई मध्यस्थकर्ता बनाइन्थ्यो। उनको न्याय सर्वमान्य हुन्थ्यो । उनीसित प्रसस्तै धन सम्पत्ति भएपनि कसैलाई ठगेर कमाएका थिएनन । उनले जानेर कसैलाई दुःख दिएका थिएनन् । यिनै विविध कारणले कृष्ण राय आफूलाई शत्रुविहीन ठान्थे ।


(ग) यस कथाबाट के सन्देश पाइन्छ ?


उत्तर:

विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानिक कथा हो । यसमा कथाको मुख्य पात्र कृष्णरायको मनोविज्ञानको चर्चा गरिएको छ । मान्छेको मन परिवर्तन हुनलाई एउटा सानो घटना नै पर्याप्त हुन्छ । कोही पनि मान्छे शत्रु विहीन हुँदैन । कहीँ न कहीँ कतै न कतै केही न केही गर्दा शत्रु बनेका हुन्छन् भन्ने सन्देश दिनु नै यस कथाको मूल आशय देखिन्छ ।

 कथाका मुख्य पात्र कृष्ण राय आफ्ना कोही शत्रु नभएको ठान्थे । उनी आफूलाई सबैले सम्मान गर्ने गरेकोमा मक्ख थिए। तर एक रात उनी सुत्ने कोठामा भएको लट्ठी प्रहारले उनको विश्वास टुट्यो अनि उनले आफूले गरेको निर्णयले र कार्यहरूले बन्न सक्ने शत्रुको पहिचान गर्न लागे र परिणत उनको सम्पर्कमा आउने लगभग सबै सम्भावित हमला कारीको रूपमा मान्न थाले ।

 यस कथाको अर्को सन्देश भनेको शत्रु विहीन मान्छे हुँदैन । मान्छेले आफ्नो कार्य थाहा नपाई दोस्रोलाई शत्रु बनाइ सकेको हुन्छ । त्यसमा पनि कृष्ण राय त मध्यस्थ कर्ता थिए । मध्यस्थ कर्ता भनेको यस्तो कार्य हो जसमा विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको हुन्छ । विशेष गरेर झगडाको मध्यस्थता गर्ने कृष्ण रायलाई आफू मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ भन्ने ज्ञान आर्जन गरेको कुरा बताएर शत्रु विहीन मान्न नहुने सन्देश कथाले दिएको छ ।


(घ) प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु होलान् त कथाका आधारमा अनुमान गर्नुहोस् ।


उत्तरः

स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला एक मनोवैज्ञानिक कथा कार हुन् । उनका कथामा मान्छेको मनोविज्ञानलाई विशेष गरी खोतलिएको हुन्छ । शत्रु कथा पनि एक मनोवैज्ञानिक कथा हो । यस कथाका मुख्य पात्र कृष्ण रायका जस्ता शत्रु सबैका हुन्छन् । मान्छे शत्रु विहीन हुँदैन । नदेखेको नचिनेको भएपनि प्रत्येक व्यक्तिका कोही न कोही शत्रु हुन्छन् । मानिस एक सामाजिक प्राणी भएको हुनाले प्रत्येक व्यक्तिका कृष्ण रायका के नदेखिने शत्रु हुन्छन् । समाजमा रहँदा बस्दा धेरैसँग व्यवहार गर्नुपर्ने हुन्छ । यसरी व्यवहार गर्दा हामीले कसैको पनि चित्त नदुखाई गर्न सकिन्छ भन्ने छैन । घरमा बा-आमासित दाजुभाइ दिदी-बहिनीसित पनि कहिलेकाहीँ झगडा हुन्छ । कृष्ण रायले आफैले धर्मपुत्रको पालेको युवकमाथि पनि शङ्का गरेको देख्दा बा-आमा, दाजुभाइ, दिदी-बहिनी पनि शत्रु बन्न सक्ने देखिन्छ । विद्यालयमा साथीहरूसित पनि कहिलेकाहीँ भनाभन हुन्छ ती कृष्ण रायका शत्रु जस्ता शत्रु बन्न सक्छन् ।

अन्त्यमा मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्दा गरिने हरेक क्रियाकलाप एक अर्कासित सम्बन्धित हुन्छन् र जानेर वा नजानेर एक अर्काको चित्त दुखाउन पुग्छ त्यसैले कृष्ण रायको जस्तो शत्रु हामी सबैका हुन्छन् |



१२. व्याख्या गर्नुहोस्


क. कुनै पनि मध्यस्थ दुबै पक्षको समर्थक हुन सक्दैन ।


माथिको कथांश हाम्रो कक्ष १० को पाठ सात अन्तर्गत पर्ने शत्रु कथाबाट लिइएको हो। स्वर्गीय विश्वेश्वरप्रशाद कोइरालाद्वारा लिखित शत्रु कथा एक मनोवैज्ञानिक कथा हो। आफूमाथि लठ्ठी प्रहार भइसकेपछि शत्रु सम्झने क्रममा आफ्ना शत्रु बन्न मुख्य कारण नै आफ्नो काम रहेको थाहा पाउँछन् । आफ्नो काम नै शत्रु भएको थाहा पाइसकेपछि कृष्णरायले चित्त बुझाउने क्रममा उक्त कथांश आएको हो ।

माथिको हरफ कृष्ण रायमाथि लाठ्ठी आक्रमण भएपछि उनको मनमा कुरा खेल्ने क्रममा आफूले मध्यस्थ भएर झगड़ा मिलाउँदा हार्ने व्यक्ति आफ्‌नो समर्थक नभएर शत्रु भएको हुनसक्ने प्रसङ्गमा आएको हो । आफूले कसैको चित्त पनि नदुखाएको र कमाएको सम्पत्ति पनि कसैलाई धोका दिइएर अथवा दुःख दिइएर नकमाएको हुनाले आफूलाई शत्रुविहीन ठानेर वसेका कृष्ण रायलाई एक रात एक्कासि लठ्ठी आक्रमण भएपछि आफ्ना कार्यको बारेमा समीक्षा गर्न थाले र आफ्ना हुनसक्ने शत्रु सम्झन थाले । आफू मध्यस्व भएर गरेका न्यायमा सधैं एकपक्ष दुस्मन भएको संम्झे । उनले आफूसँग आएका अन्य मान्छेको पनि सूची बनाए अनि मान्छे शत्रु विहीन हुँदैन भन्ने निष्कर्षमा पुगे ।

माथिको बाक्यको मूल आशय झगडाको मध्यस्थले स्वस्फूर्त रूपमा शत्रु कमाउँछ, किनकि झगडाका दुवैपक्ष फैसलाको समथर्क बन्न सक्दैनन्। एक पक्षको अवश्य चित्त दुख्छ । चित्त दुख्ने पक्षले सबै मध्यस्थलाई आफ्‌नो शत्रु ठान्छ ।


ख. कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ ।


माथिको कथांश हाम्रो कक्ष १० को पाठ सात अन्तर्गत शत्रु कथाबाट लिइएको हो । स्वर्गीय विश्वेश्वरप्रशाद कोइरालाद्वारा लिखित शत्रु कथा एक मनोवैज्ञानिक कथा हो । कथाका मुख्य पात्र कृष्ण रायले आफुले निष्पक्ष रहेर गर्ने गरेको मध्यस्थताको अर्थ बुभने क्रममा माथिको कयांश आएको हो।

माथिका हरफ कृष्ण रायले आफूमाथि लाठ्ठी आक्रमण भएपछि आफ्‌ना विगतका कार्य सम्झेर निकालेको निष्कर्शको रूपमा आएको हो। कथाका मूलपात्र कृष्ण रायको मुख्य काम झगडाको मध्यस्थ बन्नु हो । मध्यस्थ बन्नु भनेको एक निर्दोष कार्य हो तर निर्दोष कार्याभित्र विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको हुन्छ भन्ने पत्ता लगाए। कृष्ण रायले गर्ने कार्यहरू सबै निर्दोष नै थिए तर कुन कामले कसलाई चित्त दुखेको थियो पलै पाउन सकेनन्। जसरी हरियो घांसमा लुकेको विषालु साँपलाई सजिलै देख्न सकिदैन र एक्कासि आक्रमण गरेपछि मात्र साँप रहेछ भन्ने थाहा हुन्छ त्यसैगरी हामिले गरेका कुन कार्यले कहिले शत्रु जन्माएका हुन्छ र त्यो शत्रुले कुन मौकाको पर्खाइमा लुकेर बसेका हुन्छ अनि कहिले थाह नै नदिई आक्रमण गर्छ भन्ने हामीलाई थाह हुँदैन भन्ने कुराको चर्चा माथिको वाक्यमा भनिएको छ ।



१३. शत्रु' कथाका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन शत्रु किटान गर्न सकेनन्, तर्क दिएर पुष्टि गर्नुहोस् ।


उत्तरः

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानि कथा हो। यस कथामा कथाका मुख्यपात्र कृष्णरायले आफूमाथि लठ्ठी प्रहार हुनुभन्दा अगाडि र पछाडि मनमा खेलाएका कुराहरू समेटिएको छ। आफूले कसैलाई दुःख नदिएको ठान्ने कृष्ण रायलाई नै कसैले आक्रमण गरेपछि उनी अचम्मित भएका छन्। अहिलेसम्म शत्रुविहिन ठानेका रायले आफ्ना कार्यहरू सम्झदा कुनै न कुनै समयमा धेरैको चित दुखाएको सम्झन्छन र शत्रु चिन्न सक्दैनन् ।

कृष्ण राय आफ्ना कोही शत्रु नभएको ठान्थे। उनी आफूलाई सबैले सम्मान गर्ने गरेकोमा मक्ख थिए तर एकरात उनी सुत्ने कोठामा भएको लठ्ठी प्रहार उनको विश्वास टुट्यो अनि उनले आफूले गरेको निर्णयले र कार्यहरूले बन्न सक्ने शत्रुको पहिचान गर्न लागे र परिणामतः उनको सम्पर्कमा आउने लगभग सबै सम्बन्धित हमलाकारीको रूपमा शइकाको घेरामा आए। धेरै मान्छेसित सङ्गतगर्ने कृष्ण रायले जतिसित सङ्गत गरे त्यतिलाई नै आफ्‌नो शत्रु बन्ने ठाउँ दिए।

कृष्ण रायले काम विशेषले मात्र मान्छेसित सङ्गत गर्ने गरेका र प्रत्येक सङ्गतमा कसै न कसैको चित्त दुखाउने काम गरेको देखिन्छ। चाहे त्यो काम गर्ने नोकरलाई बकाएको होस् या काम खोज्न आएको युवकलाई उपदेश दिँदा होस्। झगडाको मध्यस्थता गर्दा त त्यसै एक पक्ष रिसाउने भईहाल्यो । रेलको डब्बामा पनि उनले झगडा गरेका थिए। यसरी कृष्ण रायले आफ्नो सम्पर्कमा आएका प्राय सबैसंग सानो तिनो गल्ती गरेको हुनाले शत्रु किटान गर्न सकेनन् ।



१४. कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई 'शत्रु' कथाका आधारमा समीक्षा गर्नुहोस् ।


उत्तरः

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानिक कथा हो। यसमा कथाको मुख्य पात्र कृष्णरायको मनोविज्ञानको चर्चा गरिएको छ । सधैं आफूलाई शत्रुविहीन ठान्ने कृष्ण रायले आफूमाथि भएको लठ्ठी प्रहारबाट सबैलाई शत्रुको घेरामा राखेको कुरा देखाइएको छ । एउटा झगडामा सबभन्दा निर्दोष काम त्यो झगडाकोमध्यस्थ हुनु हो। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन मध्यस्थ एउटा न एउटाको शत्रु हुनैपर्छ भन्ने ज्ञान कृष्ण रायले आर्जन गरे भन्ने कुरा कथामा उल्लेख गरिएको छ ।

आफूले कसैलाई चित्त नदुखाएको, रुपियाँ कमाउँदा अरूलाई पीर नपारेको आफूसित सबैथोक भएको सबैभन्दा ठुलो शत्रु नभएको सम्झेर मक्ख परेर सुतेको बेलामा कसैले आफूमाथि लठ्ठी प्रहार गरेपछि उनको भ्रम टुट छ । अनि उनले आफ्‌ना कार्यको बारेमा समीक्षा गर्न बाल्छन् र आफ्ना हुनसक्ने शत्रु सम्झन थाल्छन् । आफू मध्यस्थ भएर गरेका न्यायमा सधैं एकपक्ष दुस्मन भएको सम्झे चाहे तो गोविन्द पण्डित हुन् वा मास्टर । त्यस्तै काम गर्ने नोकरलाई पनि त उनले बकाएका थिए। रेलमा पनि झगडा भएको थियो । नौकरी खोज्दै आउनेलाई नोकरी नदिइएर उपदेश दिएका थिए आदि घटना सम्झन पुग्छन् ।

लठ्ठी प्रहार अगाडिसम्म आफुलाई शत्रुबिहिन ठान्ने कृष्ण रायले घटनाको छानबिनको लागि आउने इन्सपेक्टरसँग सम्भावित शत्रुका अनगिन्ती सुची दिएबाट कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई प्रस्ट्यउन सकिन्छ ।



१५. 'शत्रु' कथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस् ।


उत्तरः विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको शत्रु कथा एक मनोवैज्ञानि कथा हो। यस कथामा कथाका मुख्यपात्र कृष्णरायले आफूमाथि लठ्ठी प्रहार हुनुभन्दा अगाडि र पछाडि मनमा खेलाएका कुराहरू समेटिएको छन्।

.........

बाँकी आफै लेख्नुहोस्

.........



१६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :


(क)

प्रश्नहरू


(अ) नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ ?

उत्तरः नेपाली कलालाई ४ भागमा वर्गीकरण गरिएको छ ।


(आ) कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ ?

उत्तरः हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ । "गाताचित्र र पात्रचित्र गरी ग्रन्थचित्र दुई प्रकारका हुन्छन् ।


(इ) पौभाचित्र भनेको कस्तो चित्र हो ?

उत्तरः : विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ। पट र मण्डल गरी पौभाचित्र दुईप्रकारका हुन्छन्।


(ई) मूर्तिकलाको विकास कहिलेवाट सुरु भएको पाइन्छ ?

उत्तरः मूर्तिकलाको विकासलिच्छविकालदेखिसुरु भएको पाइन्छ ।


(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :


(अ) माथिको अनुच्छेदमा रहेको 'नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ ।' वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् ।

उत्तरः नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको होला ।


(आ) माथिको अनुच्छेदमा रहेको विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ ।' वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस् ।

उत्तरः विशेष प्रविधिका साथ कपडामा बनाइएकोचित्रलाई पौभाचित्र भनियोस् ।


(इ) 'छापाखाना को आविष्कार हुनु भन्दा पहिले आफू लाई आवश्यकपर्ने पुस्तक र ग्रन्थ हातै ले लेखेर तयारपार्ने गरिन्थ्यो ।' वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् ।

उत्तरः हातै ले लेखेर तयारपार्ने गरिन्थ्यो ।' वाक्यलाई पदयोग पदवियोग मिलाई पुनलेंखन गर्नुहोस् ।



भाषिक संरचना र वर्णविन्यास



१. दिइएको अनुच्छेद पढ़ी आज्ञार्थ र इच्छार्थ जनाउने क्रियापदको अलग अलग सूची बनाउनुहोस् :


Class 10 Nepali Satru Katha Byakaran Exercise

 



३. कोष्ठकमा दिइएका सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :


(क) हामी सबैको भलो हओस | (हु इच्छार्थ)

(ख) तिमी कविताको लयबद्ध वाचन गर |(गर् आज्ञार्थ)

(ग) उनीहरू विद्यालय जालान |(जा सम्भावनार्थ)

(घ) उसले मिहिनेत गर्यो परीक्षामा सफल हुन्छ । (गर्

(ङ) तपाईं कथा लेख्नुहुन्छ | (लेख : सामान्यार्थ )



४. दिइएको अनुच्छेदलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् :


म हिउँदे बिदामा इलाम घुम्न जाउँला | म कन्यामको चियाबारी घुमुँला | स्वदेशमा प्रख्यात र विदेशमा निर्यात हुने नेपाली चियाका बारेमा जानकारी लिउला । त्यहांका मानिससंग चिया खेती गर्ने तरिका सिकुँला । म पनि कृषि विषय पढेर गाउंमा चियाखेती गरुला ।



५. दिइएको अनुच्छेदलाई दुईओटा सङ्केतार्थ वाक्यमा परिवर्तन गर्नुहोस् :


उत्तरः

क) आज पानी पर्यो भने मकै राम्ररी फल्ने छ ।

ख) मकै राम्ररी फल्यो भने बेचेर घरखर्च चलाईने छ।




Satru Katha Summary



Satru Katha Samikshya (शत्रु कथा समिक्षा)


आधुनिक नेपाली कथाको संसारमा विश्वेश्वरप्रसाद कोइराला (वि.सं.१९७१-२०३९) मनोवैज्ञानिक धाराको थालनी गर्ने महान्‌ कथाकार हुन्‌ । मानिसका चरित्र तथा मनोदशा प्रस्तुत गरिने कथा नै मनोवैज्ञानिक कथा हो । उनका प्रकाशित कथासङ्ग्रह 'दोषी चस्माः र “श्वेत भेरवी' हुन्‌ । प्रस्तुत 'शन्र' कथा उनले रचेको एक उतृष्ट मनोवैज्ञानिक कथा हो । क्षीण (झिनो) कथानकमा बुनिएको यो एक चरित्र प्रधान कथा हो । यहाँ कृष्ण रायको चरित्रबाट यस संसारमा सबैका शन्रु हुन सक्छन्‌ भन्ने तितो सत्य प्रस्तुत गरिएको छ


कथाका मूल पात्र कृष्ण राय इमानदार थिए । उनी निष्पक्ष बनेर झगडाको निसाफ गर्थे । एक बेलुका सुले बेलामा एक्कासि उनीमाथि लट्ठी प्रहार भयो लट्ठी हान्नेको पहिचान हुन सकेन । उनले एक एक गर्दै सबैलाई सम्झे । काम बिगार्दा गाली खाने नोकरलाई सम्झे । उनीबाट लज्जित बन्न पुगेको बलभद्रलाई सम्झे । नोकरी खोज्दै आएको युवक सम्झे । झगडामा उनले मध्यस्त गराएका व्यक्तिहरू सम्झे । यसरी नै आफ्नो पक्षमा निर्णय नपाएको गोविन्द पण्डितलाई सम्झे । मास्टरलाई पनि सम्झे । रेलको डब्बामा भएको झगडा पनि सम्झे हाटमा उनको धक्काबाट लडेको मानिस सम्झे । आफूले निकालेका नोकरहरू सम्झे । इखालु दाजुभाइ, आफ्नै धर्मपुत्रमाथि पनि शङ्काको डोरी बाटियो तथापि उनी कुनै निर्णयमा पुग्न सकेनन्‌ । अन्त्यमा पुलिस इन्स्पेक्टरले कसैसँग शङ्का छ कि भनी सोध्दा सबैको नाम एक एक गरी भने । यही अन्योलमै कथा पनि समाप्त हुन्छ।


यसरी कृष्ण रायका मनमा उत्पन्न आवेगलाई नै यस कथाले छ । यो पात्रको मनोविश्लेषणमा केन्द्रित चरित्र प्रधान कथा कथामा कृष्ण राय मूल पात्रका रूपमा उपस्थित भएका राय उमेरले ४५ कटेका छन्‌ । उनी सबैसँग मिल्ने स्वभावका उनी आफूलाई अजात शत्रु सम्झन्छन्‌ । धन, यश र कुराले सम्पन्न उनी असल मानिस हुन्‌ । उनी गाउँलेहरूको सहयोग गर्छन्‌ । झगडा परेमा मध्यस्थता गराउने र सबैलाई हुने फैसता गर्न सक्ने उनमा विशेष क्षमता पनि छ ।


उनी पहिले सबैलाई मित्र ठान्थे । आफूमाथि लट्ठी प्रहारपछि सबैलाई शन्रु देख थाल्छन्‌ । उनी मिलुन्जेल कसैमाथि शङ्का गर्दैनन्‌ । सानो घटना हुनासाथ सबैलाई शाङ्का गर्छन्‌ । यसरी यो एक मनोवैज्ञानिक कथा बनेको छ | यस कथामा आन्तरिक द्वन्द्व प्रबत छ । कृष्ण रायका मनमा उत्पन्न उतार चढाव नै आन्तरिक द्वन्द्व हो । बेलुका सुले बेलामा उनीमाथि लट्ठी प्रहार भएपछि भोलिपल्ट पुलिसलाई घटनाको रिपोर्ट लेखाउँदासम्मको समयलाई यस कथाले बोकेको छ कथामा सबैले मान्ने खालका व्यक्तिबाट भेञ्गगडा मिलाउने न्यायनिसाफ छिन्ने सामाजिक प्रचलनको समेत उल्लेख भएको छ ।


यस कथामा ग्रामीण सामाजिक परिवेश छ । यसमा आन्तरिक परिवेश निकै सशक्त बनेको छ । 'शन्र' कथाको शीर्षक पनि कथाको विषयवस्तुमा चिटिक्क मिलेको छ । कथामा आफ्नो कुनै शन्रु नै जन्मेको छैन भन्ने श्रममा कृष्ण राय थिए । आफूमाथि लट्ठी प्रहारपछि आफ्नो सम्पर्कका सबैलाई शन्रु ठान्न पुगे । हामीले न्याय निसाफ छिन्दा वा सम्झाउँदा पनि शन्रु बनाउन पुग्छौं । सहयोग गर्दा होस्‌ वा उपदेश दिँदा होस्‌; नजानिँदो तरिकाले शन्रुता बढाउँछौँ । कृष्ण रायले शङ्का गर्दा शन्नु बन्नाका कारणहरूको पनि एक एक गरेर चर्चा गरिएको छ यसरी कथाको शीर्षक यसको विषयवस्तु र मूलभावसँग सुहाएको छ ।


यसरी झिनो कथा भएर पनि कृष्ण रायको चरित्र मिहिन रूपमा प्रस्तुत गरिएको छ । मध्यस्थको भूमिकामा आफूलाई गर्व गर्ने कृष्ण राय लटठीको प्रहारपछि आफ्ना पनि बैरी भएको निष्कर्षमा पुगेका छन्‌ । यहाँ सरल र सहज भाषाशैलीमा ग्रामीण समाजको परिवेश छ । यस कथाले जति नै राम्रो काम गर्दा पनि कतै न कतै कोही न कोही शन्रु हन सक्छन्‌ भनेर देखाएको छ ।



Satru Katha Summary in English


In the world of modern Nepali stories, Bishweshwar Prasad Koirala (1971B.S. -2039 B.S.) is a great storyteller who started the psychological stream. A psychological story is a story that presents the character and mood of a person. His published collections of stories are 'Doshi Chasma' and 'Shwet Bhervi'. The presented 'Satru' story is a great psychological story written by him. It is a character-driven story woven into a weak plot. Here, through the character of Krishna Raya, the bitter truth is presented that everyone can be Satru in this world


The main character of the story, Krishna Raya, was honest. He used to judge the fights by being impartial. One evening while he was sleeping, he was suddenly hit with a stick. He remembered everyone one by one. He remembered the servant whom he scolded, when he messed up his work. He remembered Balabhadra who became ashamed of him. He remembered the young man who was looking for a job. He remembered the people he had mediated in fights. This is how he remembered Govinda Pandit who did not get a decision in his favor. He also remembered the master. He also remembered the fight in the train compartment and remembered the man who fell due to his push. He remembered the servants he had fired. Suspicions were cast on his brother, his own adopted son, but he could not reach a decision. Finally, when the police inspector asked if anyone was suspicious, he told everyone's name one by one. The story also ends in this confusion.


In this way, this story is based on the impulse generated in the mind of Krishna Raya. In this character-driven story focused on the psychoanalysis of this character, Krishna Raya, who appeared as the main character, is 45 years old. He has the nature to get along with everyone, and he considers himself an untouchable enemy. He is a good man endowed with wealth, fame and fortune. He helps the villagers. He also has a special ability to mediate in case of conflict and make a decision for everyone.


He used to consider everyone as his friend. He starts seeing everyone Satru after Someone hitting him with a stick. He does not suspect anyone until he meets him. As soon as a small incident happens, they suspect everyone. Thus it has become a psychological story There is an internal conflict in this story. The ups and downs in Krishna Raya's mind is an internal conflict. This story covers the time from when he was hit with a stick in the evening until he wrote a report of the incident to the police the next day. The story also mentions the social practice of wresting justice from people who are respected by everyone.


This story has a rural social environment. The internal environment has become very strong. The title of the story 'Satru' also matches the theme of the story. Krishna was of the opinion that no Satru was born in the story. After hitting him with a stick, he came to think of everyone he came in contact with as Satru. Even when we judge or remind, we end up making Satru. Be it by helping or giving sermons; Unknowingly, we increase shatru. The reasons why Krishna Raya became Shatru when he doubted have also been discussed one by one, thus the title of the story suits its theme and essence.


In this way, even though it is a small story, the character of Krishna Raya is presented in a perfect way. Krishna Rai, who is proud of his role as a mediator, has come to the conclusion that he is also an enemy after being hit with a stick. Here is the environment of rural society in simple and easy language style. This story shows that no matter how good a job you do, someone can become a shanru somewhere.




Satru Katha Mul Bhab

Complete Nepali Summary, Mul Bhab of Class 10 Nepali Unit 7 is given as:


Audio Summary: Satru


Satru Katha FAQs

What is the story "Satru" about?

"Satru" is a Nepali short story that revolves around the theme of enmity or having enemies. The story explores the dynamics of how individuals perceive and deal with their adversaries.

Who is the author of "Satru"?

The author of "Satru" is Vishweshwar Prasad Koirala, a renowned Nepali writer known for his contributions to modern Nepali literature.

What themes are explored in "Satru"?

The primary theme explored in "Satru" is enmity or animosity. The story may also touch upon related themes such as rivalry, conflict resolution, and the emotional impact of having enemies.

Does the story provide any insights into the reasons for the enmity among characters?

The story might delve into the reasons behind the conflicts and enmity among characters. This could include personal disputes, ideological differences, or external factors that contribute to the adversarial relationships.


Read:


Keywords:

  • Satru Katha Analysis and Exploration in Class 10 Nepali Unit 7 Exercise Summary
  • Character Perception, Conflict Resolution, and Rural Society in Satru Katha Exercise Summary for Class 10 Nepali


Credit: Youtube Video

Getting Info...

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

Site is Blocked
Sorry! This site is not available in your country.